१५ माघ २०७९, आईतवार

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना सार्वजनिक

२०७९,मङ्सिर,१६,शुक्रवार २१:४३

45
Shares

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्ने फुटबल पे्रमी ग्राहकमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सयदेखि २ हजारसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ । साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३ सयजनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने बताएको छ ।

२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको बैंकको एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिकासहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्नेछन् । काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३ सय वटा टिकटमध्ये १ सय ४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १ सय ६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१६,शुक्रवार २१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जाका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त

कास्की । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू हरेक पलका लागि आभारी रहेको बताएका छन् । उनले हरेकअन्धकारपछि नै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि

ताजा समाचार

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
 २०७९,माघ,१५,आईतवार ०७:५२
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५