भीम रावललाई बालेनले बनाए हायलकायल

लोकपथ
52
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीवार भएको भेवार्ताका विषयमा एमाले नेता डाक्टर भीम रावलले प्रश्न गरेपछि बालेनले पनि लगत्तै जवाफ फर्काएका छन् । रावलले भेटमा कूटनीतिक आचरण पालना भए–नभएको बारे प्रश्न राख्दै जनउत्तरदायी भए जवाफ दिन चुनौती दिएका थिए ।

रावलले सामाजिक सञ्जालमार्फत गरेको प्रश्नलाई सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै बालेनले मन्त्रालयबाट अनुमति लिएर आएपछि आफूहरुले भेटका लागि अनुमति दिएको बताएका छन् ।

उनले आफूहरुलाई विदेशीसँग सहयोग माग्न रहर नभएको बरु अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्ने भनेर पठाएको पनि बताएका छन् ।

‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं’, बालेनले सामाजिक सञ्जालमार्फत् रावललाई जवाफ फर्काएका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उनले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आएका थिए । तर, हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?