देशलाई सहि मार्ग दिन युवालाई नेतृत्व दिनुपर्छ : चन्द्र भण्डारी

लोकपथ
234
Shares

गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन्।

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्या समाधान गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा आएको बताए।

उनले निर्वाचनको बेलामा नेतृत्वको विरोध गर्दा झन आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफूले केही नबोलेको बताए । “अब निर्वाचन सकियो, काठमाडौं जान्छु र सबै मिडियाका अगाडि म नेतृत्वका विषयमा बोल्नेछु”, नेता भण्डारीले भने ।

वर्तमान समयमा दलहरूले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा भिन्न भिन्न आकलन र अडकलबाजी चलिरहेको भन्दै उनले नेपाली कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने बताए। पहिलो काम भनेको गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढने उनको भनाइ थियो ।

नेता भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ति मन्त्री बन्ने सोच बनाउनुपर्ने बताए। उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टीभित्र र गठबन्धनमा जोडिएका दलहरूसँग बसेर सहमति खोजिने बताए।

उनले गुल्मी जिल्लालाई विकास निर्माणको हिसाबले नमूना जिल्ला बनाउने गरी आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेता भण्डारीले गुल्मीमा विकास निर्माणको काम कछुवाको गतिमा अघि बढेको गुनासो गरे । रेसुङ्गा नगरपालिकामा आज कार्यालय प्रमुखहरूसँग छलफल गर्दै उनले विकास निर्माणको काममा तीव्रता दिन कार्यालय प्रमुखहरूलाई निर्देशनसमेत दिएका थिए।

कार्यक्रममा गुल्मी क्षेत्र नं १ अन्र्तगत प्रदेशसभा ९२० का सदस्य धनेन्द्र कार्कीले जिल्लाको विकासका लागि आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?