कारागार पुगेर शरतसिंह भण्डारीले भेटे रेशम चौधरी

लोकपथ
416
Shares

काठमाडौं । टिकापुर घटनाका दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीसँग लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले भेट गरेका छन् । भण्डारीले शुक्रबार दिउँसो डिल्ली बजार चारखाल करागार पुगेर चौधरीसँग भेट गरेको लोसपाका एक नेताले बताए ।

उनीहरुबीच राष्ट्रिय राजनीतिको सवाल र समसामयिक बिषयमा छलफल भएको छ । चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् । उनको पार्टीले अहिलेको निर्वाचनमा उत्साहजनक नतिजाप्राप्तगरेपछि भेटघाट बाक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?