रवी लामिछानेको नागरिकताबारे छानबिन गर्न प्रहरीलाई जिल्ला प्रशासनको पत्र

लोकपथ
338
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवी लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

जिल्ला प्रशासनले महानगरिय प्रहरी परिसर काठमाडौंमा छानबिन गरेर यथार्थ जानकारी गराउन पत्र पठाएको हो । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका बेला लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो ।

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका लामिछानेले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै निवेदन परेको थियो ।

उजुरी परेसँगै निर्वाचन कार्यालयले उनीसँग स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण बुझाएसँगै निर्वाचन आएकाले यो प्रक्रिया अघि बढाएको थिएन ।

रवी यतिबेला चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् भने उनले आफ्नो नागरिकताको विषय यसअघि नै समाधान भइरहेको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?