‘विरोधीलाई सकाउन राक्षसीकरण गर्दा ठूला दललाई आनन्द आउँछ’ (भिडियोसहित)

लोकपथ
377
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद शिशिर खनालले ठूला दलका नेतृत्व तहमा आफ्ना विपक्षीलाई रसातलमै पु-याउनेगरी आपेक्ष लगाउन बानी रहेको भन्दै आलोचना गरेका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिमा कुरा गर्दै काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेस–एमाले र माओवादीका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभामा पुगेका खनालले त्यसैको निरन्तरताका रुपमा कांग्रेस महामन्त्री गगन थापाविरुद्ध रास्वपालाई सघाएको भन्ने आरोप लगाइएको बताए ।

नेतृत्व तहमा रहेको राक्षसीकरण प्रवृत्तिकै कारण एमाले अध्यक्ष केपी ओलीले रास्वपाको चुनाव चिह्न घण्टीलाई अमेरिकाको एक दलको हुबहु नक्कल गरेको टिप्पणी गरेको उनको भनाइ छ ।

उनले अबको संसदमा सार्वजनिक शिक्षा र स्वास्थ्यलाई गरीब जनताको पहुँच हुने गराउन भूमिका खेल्ने पनि बताए ।

हेर्नुहोस् सांसद खनालसँगको यो अन्तर्वार्ता :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?