बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेको अग्रता

लोकपथ
325
Shares

बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले ५ हजार ४ सय ९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कर्णबहादुर थापाले ४ हजार १ सय २९ मत प्राप्त गरेका छन् । यहाँ कुल ६० हजार १ सय ५२ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले २ हजार ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका बलदेव रेग्मीले ९ सय ६२ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (२) मा नेपाली कांग्रसका उम्मेदवार पदम शाहीले २ हजार ३ सय ८१ तथा उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले २ हजार ४ सय ५५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?