मोरक्को समूह विजेता र क्रोएसिया समूह उप–विजेता बन्दै कतार विश्वकपको अन्तिम १६ मा प्रवेश

लोकपथ
130
Shares

काठमाडौं । क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर पटक पटक खेर फालेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो ।

उता, आजै भएको अर्को खेलमा मोरक्कोले क्यानडालाई २–१ ले हराएको छ । जितसँगै मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्यो । क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । ४ अंक जोडेको बेल्जियम समूहबाट बाहिरिँदा क्यानडाले अंक जोड्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?