शैक्षिक गुणस्तर वृद्धि गर्न ३ साझेदारसँग सहमति पत्रमा हस्ताक्षर

लोकपथ
39
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ ।

आज उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

दोस्रो पक्षका तर्फबाट केन्द्रीय गृह विज्ञानका प्रमुख प्राध्यापक डाक्टर जयालक्ष्मी प्रधान, कारखानाका निर्देशक सचेत मानन्धर र वन्यजन्तु संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जनले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत शैक्षिक गुणस्तरमा रुपान्तरण गर्न चाहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?