स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

लोकपथ
559
Shares

स्याङ्जा । स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ । साँझसम्मको पछिल्लो मतगणनाबाट कांग्रेसका उपसभापति एवम् उम्मेदवार गुरुङले सात हजार नौ सय सात मतसहित अग्रता कायम गरेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्यालले पाँच हजार आठ सय ६३ मत प्राप्त गरेकी छिन् । निर्वाचन अधिकृत रामचन्द्र शर्माले दिएको जानकारी अनुसार उनीहरुबीच दुई हजार ४४ को मतान्तर रहेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार दुई सस २८ मत प्राप्त गरेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ६ र ७, भीरकोट नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६ र ७ को मतगणना सकिएको छ । हालसम्म १७ हजार एक सय १५ मतगणना भएको छ । मतगणनामध्ये १६ हजार पाँच सय छ मत सदर भएको र छ सय नौ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताइन्।

स्याङ्जा–२ (१) प्रदेशसभामा आठ हजार सात सय १३ मतसहित कांग्रेसका उम्मेदवार भोजराज अर्यालले अग्रता लिइरहेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन रेग्मीले छ हजार छ सय ३६ मतसहित उनलाई पछ्याइरहेका छन् । प्रदेशको प्रत्यक्षतर्फ हालसम्म कूल १७ हजार एक सय ४८ मत गणना हुँदा १६ हजार छ सय ७५ मत सदर भएको छ भने चार सय ७३ मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि नेपाली कांग्रेसलाई सात हजार तीन सय ७२ मत प्राप्त भएको छ भने नेकपा (एमाले) लाई पाँच हजार छ सय ४३ मत प्राप्त भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार सात सय २० मत प्राप्त गरेको छ । समानुपातिकतर्फ कूल १७ हजार तीन सय छ मत गणना हुँदा १६ हजार सात सय ९० मत सदर भएको छ । पाँच सय १६ मत बदर भएको छ ।

प्रदेश समानुपातिकतर्फ नेपाली कांग्रेसले आठ हजार तीन सय ६८ मत पाउँदा नेकपा (एमाले) ले छ हजार तीन सय ५९ मत प्राप्त गरेको छ । प्रदेश समानुपातिकतर्फ १७ हजार एक सय तीन मत गणना हुँदा १६ हजार तीन सय ७८ मत सदर भई ७२५ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?