संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ : मन्त्री पौडेल

लोकपथ
0
Shares

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीवार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए ।

“यसअघि गर्न नसकेका कामहरु पनि छन्, उनले भने, पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी पाँच वर्षमा क्रमश पूरा गछौं ।” संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताए ।

“प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,” उनले भने, “गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।” चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकासमा समान वितरण हुने आश्वासन दिए ।

ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलूलाई प्रर्बद्धन लगायतका काम जनताको चाहाना अनुसार हुने बताए । “जनताका आवश्यकता धैरै छन्, उनले भने, जनताका चाहाना अनुसार विकास गर्छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?