बीवाइडीको साउथ एशिया रिजनल मीट सम्पन्न

लोकपथ
65
Shares

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको साउथ एशिया रिजनल मीट नेपालमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नोभेम्बर २४ तारिकमा काठमाडौंमा भएको थियो ।

कार्यक्रममा बीवाइडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरु, बीवाइडी इन्डिया र नेपालको आधिकारीक वितरक साइमेक्स इंककोे सहभागीता रहेको थियो । विश्वमा ईभी प्रतिको चाख बढ्दै गएसँगै दक्षिण एशियाका देशहरुमा पनि ईभीको उपभोग बढ्दो क्रममा रहेको छ । ईभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र इन्डियामा बीवाइडीका शोरुम, वर्कसप, चार्जिङ स्टेशन जस्ता आवश्यक पूर्वाधार तिब्र गतिमा विस्तार भइरहेका छन् ।

काठमाडौंमा भएको दक्षिण एशियाली डिलरहरुको सम्मेलनमा बीवाइडीको साउथ एशिया हेर्ने डेपूटी जनरल मेनेजर केत्सु जां ङले कम्पनीको योजना र विश्वभर बीवाइडीको विक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए । बीवाइडीको न्यू इनर्जी भेहिकलको विक्री संख्या ३० लाख पुगेको भन्दै जांङले भने, बीवाइडीको दक्षिण एशिया क्षेत्रका डिलर पार्टनर र कम्पनीबीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्ने छ ।

कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एशियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी थिइन । नेपालमा ईभी प्रयोगको वर्तमान अवस्थाको बारेमा जानकारी दिदै उनले भनिन्, नेपालमा नयाँ रजिस्टर हुने सवारी मध्ये १० प्रतिशतभन्दा बढी ईभीको संख्या पुगेको छ । त्यसमा नेपाल सरकार, यहाँ व्यवसायी र उपभोक्ताको कारण सम्भव भएको हो ।

बीवाइडीको यो नयाँ क्रान्तिकारी स्टेट अफ आर्ट टेक्नोलोजीका कारण ईभीको प्रयोग बढ्दै गएको छ । बीवाईडी इन्डियाका विभिन्न दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बंगलोर, आन्द्र प्रदेश, कर्नाटकालगायत १३ सहरका डिलर ग्रुपको सहभागिता रहेको थियो । उक्त कार्यक्रमममा इन्डियाका सहभागीहरुले लन्च भएको १ महिनामै ६ सय इभी सिक्स र १ हजार ५ सय एटो ३ बुकिङ भएको जानकारी दिएका थिए ।

साइमेक्स इंक नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीको एकमात्र आधिकारीक वितक हो । साइमेक्सले काठमाडौं, ललितपुर, पोखरा, चितवन, विराटनगर, विर्तामोड, बुटवल, नेपालगञ्ज धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको छ । साइमेक्सले हालैमात्र काठमाडौंको नक्सालमा स्टेट अफ आर्ट शोरुमको सञ्चालन गर्नुका साथै बीवाइडीको पहिलो एसयूभी एटो ३ समेत लन्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?