सेञ्चुरी कमर्सियल बैंकको लाभाशंं घोषणा

लोकपथ
130
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट ५ प्रतिशत लाभाशंं वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३ सय ७२ औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशंं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।

बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार एक सय ९८ रुपैयाँ मध्येबाट चार दशमलव ७५ प्रतिशतले हुन आउने ४५ करोड ३८ लाख १० हजार छ सय ८६ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको शुन्य दशमलव २५ प्रतिशतले हुन आउने रकम दुई करोड ३८ लाख ८४ हजार सात सय ७३ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच मिति २०७९/०४/१५ मा संस्थाप्राप्ति सम्बन्धी सहमती भएको छ जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने छ र पौष मसान्त भित्र नै एकिकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?