काठमाडौंमा होटल, रेस्टुरेन्ट सञ्चालनको समयसीमा हेरफेर

लोकपथ
169
Shares

काठमाडौं । काठमाडौंका नाइट क्लब तथा होटल रेस्टुरेन्ट सञ्चालनको समयसीमा हेरफेर भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम निरौलाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले नाइट क्लबहरु बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने भएका हुन् ।

त्यसैगरी बैठकले रेस्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउनेछन् । त्यस्तै बोत्तलमा बेच्ने मदिरा पसल भने राति १० बजेसम्म सञ्चालन हुन पाउने बताइएको छ । काठमाडौं प्रशासनले रात्रीकालिन व्यवसायलाई प्राथमिकतामा राख्नका लागि सो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?