२० माघ २०७९, शुक्रवार

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्छौं : नेता सिंह

२०७९,मङ्सिर,१५,बिहीवार १७:५२

45
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको आयोजनाका कर्मचारीले गुनासो गरेपछि उनले यस्तो बताएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाबाट ६१ कर्मचारीले साउन महिनादेखि अहिलेसम्म पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै कर्मचारीले पानी पथान्तरणमा असहयोग गर्ने चेतावनी दिएका छन् ।

आज सिंहलगायत बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नवनिर्वाचित सांसद, मेलम्चीका नगरप्रमुख आइतमान तामाङ र हेलम्बुका प्रमुख निमा ग्याल्जेन शेर्पासहितले खानेपानी मुहानको अवलोकन गर्ने क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान अडिटमा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा जानकारी गराउने क्रममा कर्मचारीको तर्फबाट समस्या राखेका हुन् ।

निर्देशक श्रेष्ठले सरकारले ‘फास्ट ट्र्याक’ बाट कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने कुरामा ध्यान जान जरुरी रहेको बताए । उनले इन्धन, बिग्रेका गाडी मर्मत तथा अन्य सरकारी पक्षबाट हुनुपर्ने काम हुन नसकेको भन्दै यथाशीघ्र माग पूरा गर्न माग गरे । सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि महत्त्वपूर्ण निर्णय पनि हुन नसकेको उनको भनाइ थियो ।

निरीक्षणका क्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौंमा पानी ल्याएर खुवाउँछौँ भनेर भोट मागेजस्तै आफूहरूले पनि पानी पठाएबापत बजेट पाइन्छ भनेर जनतासँग मत मागेको बताउँदै दुवैतर्फको माग सम्बोधन हुने गरी काम गर्नुपर्नेमा जोड दिए । बुधबारमात्रै खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताएका थिए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार १७:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२