बाजुरामा १२ दिनपछि मतगणना शुरु

लोकपथ
299
Shares

बाजुरा । निर्वाचन सम्पन्न भएको १२ दिनपछि बाजुरामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना शुरु भएको छ । विवादित बनेको उक्त क्षेत्रमा लामोसमय रोकिएको मतगणना बिहीबार साढे ३ बजेदेखि शुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुरेको सहमति अनुसार मतगणना शुरु भएको हो । मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो ।

आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्षविहीन बनेको थियो । तेस्रो पटक बोलाएको बैठकमा विमति जनाउँदै आएको नेकपा एमाले पनि सहभागी भएपछि मतगणना गर्ने सहमति बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?