१५ माघ २०७९, आईतवार

समानुपातिकको मतगणनामा कुन दलले कति मत पाए ?

२०७९,मङ्सिर,१५,बिहीवार १७:२१

387
Shares

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ५९ हजार ५ सय ५० मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत मरिणामअनुसार २७ लाख ६६ हजार ९ सय ७६ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३५ हजार ८ सय ५२ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६० हजार ८ सय ९८ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार ६ सय ३९ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८५ हजार २ सय ५७, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९ सय २४ र जनमत पार्टी ३ लाख ९४ हजार २ सय ७६ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार ९ सय ५७ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६ सय ४६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ लाख ६७ हजार २ सय ७७ र नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४० मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार १७:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये गम्भीर दुई बालकको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी करिब एक दर्जन बढी घाइते भएका छन् ।

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन् । गत मंसिरमा

सप्तरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने

ताजा समाचार

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
 २०७९,माघ,१५,आईतवार ०७:५२
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५