निर्वाचित भएपछि फिल्डमा रवी लामिछाने

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवी लामिछाने फिल्डमा निस्किएका छन् ।

निर्वाचित भएपछि लामिछाने भएपछि विभिन्न स्थानमा पुगेर काम आफैँ फिल्डमा खटिएका छन् ।

विद्यायकको काम नीति निर्माण गर्ने भए पनि काम गराउनका लागि फिल्डमा खट्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सदन र सडक दुवैबाट काम गर्ने बताए ।

‘हो, बिधायकको काम नीति निर्माण मा नै ध्यान दिने हो तर काम गर्नरगराउन फिल्डम खट्नु पनि पर्छ। हामी भुइ मान्छेका मान्छेहरु हौ, भुइ छोड्ने त कुरै आउदैन नी। हामी आगो नलागोस् भन्ने कामना मात्र गर्दैनौं आगो लागिहाले निभाउन पनि पुग्छौं। नितिहरु कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महशुस गर्ने गरि लागू पनि हुनु पर्छ। त्यसैले हामी संसद र सडक दुबै तिर हुन्छौं। हामी यस्तै छौं ।’ सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?