राष्ट्र बैंकले बिहिवार जारी गर्यो २० अर्ब रुपैयाँको रिपो

लोकपथ
26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिवार (आज) २० अर्ब रुपैयाँको रिपो जारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको सहभागिता सुनिश्चित गर्दे बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा रिपो जारी गरिएको हो ।

रिपोको परिपक्व हुने अवधि १४ दिन अर्थात यही मंसिर २९ गते तोकिएको छ । रिपो खरिदको लागि बिहिवार अपरान्ह दुई बजेसम्म बोलकवोल पेस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?