को हुन् किम जङ-अनका दुई सारथी?

अमेरिका र चीनसहित कैयौँ मुलुकले उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई लिएर विभिन्न प्रतिबन्धहरु लगाइसकेका छन्।तर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र शक्ति राष्ट्रहरुको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।अमेरिकाले राष्ट्रसंघमा उक्त मुद्दालाई पटक-पटक उठाउँदै आएको छ।राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले भनिन्, “विगत २४ वर्षदेखि हाम्रा सबै प्रयासहरुका बावजुद उत्तर कोरियाको पारमाणविक कार्यक्रम पहिलेभन्दा खतरनाक भएको छ।”प्रश्न उठ्छ- आखिर प्योङयाङको पारमाणविक कार्यक्रम कसरी अघि बढ्दैछ?उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई गति दिनुको श्रेय दुईजना परमाणु वैज्ञानिकहरु री होङ-सोप र होङ सङ-मुलाई जान्छ।री होङ-सोप पारमाणु अस्त्र अध्ययन केन्द्रका प्रमुख हुन् भने होङ सङ-मु त्यसका उप-निर्देशक हुन्।पारमाणविक कार्यक्रमसम्बन्धी उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनको महत्त्वाकांक्षा पूरा गर्ने जिम्मेवारी तिनै दुईजनाको काँधमा रहेको बताइन्छ।जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता माइकल म्याडन भन्छन्, यी दुई वैज्ञानिकहरुसँग ठूलो शक्ति छ र उनीहरुले उत्तर कोरियाको परमाणु वैज्ञानिक समुदायको प्रतिनिधित्व गर्दछन्।म्याडनका अनुसार ती दुई वैज्ञानिकहरु कुनैबेला परमाणु भौतिकशास्त्रका पिता भनिने डो साङ-रोकका विद्यार्थी थिए।र, डो साङ-रोक किम जङ-अनका बुवाका एक निकट सल्लाहकार थिए।उत्तर कोरियाली पारमाणविक केन्द्रहरुसम्म पहुँच भएका सीमित व्यक्तिहरुमा स्टाण्डफर्ड विश्वविद्यालयको परमाणु विज्ञानका प्राध्यापक सेगफर्ड हेकर पर्दछन्।योङब्योन न्युक्लियर साइन्टिफिक रिसर्च सेन्टरको निर्देशक पदमा री होङ-सोप भएका बेला हेकरले सन् २००४ देखि २०१० को बीचमा त्यहाँको भ्रमण गरेका थिए।एउटा अन्तर्वार्तामा हेकरले भनेका थिए, “री होङ-सोपले मेरा प्रश्नहरुको इमानदारीपूर्वक दिएको जवाफ र उनको क्षमता देखेर म निकै प्रभावित भएको थिएँ।”सन् २०१६ मा चौथो पारमाणविक परीक्षणमा पाएको सफलतापछि दुवै वैज्ञानिकलाई नेता किम जङ-अनले सम्मान गरेका थिए।नरसंहारत्यसरी सम्मानित हुने उनीहरु पहिला हुन्।छैठौं पारमाणविक परीक्षणमा सफलता पाएपछि दुई वैज्ञानिकहरुको सम्मानमा किम जङ-अनले आधिकारिक समारोहकै आयोजना गरे।उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने यी दुई हस्तीहरुलाई राष्ट्रसंघको सुरक्षा परिषद्ले कालोसूचीमा राखेको छ।सन् २००९ मा प्रकाशित राष्ट्रसंघको एउटा प्रतिवेदनमा उल्लेख गरिएअनुसार री होङ-सोपले परमाणु अस्त्र निर्माणका लागि प्लुटोनियम उत्पादन गर्ने तीनवटा संस्थाको निरीक्षण गरेका थिए।राष्ट्रसंघले आफ्नो प्रतिवेदनमा भनेको थियो, होङ सङ-मुले आफ्नो देशमा परमाणु अस्त्र विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् भने री होङ-सोप नरसंहार गर्ने अस्त्रको विकासमा समर्पित छन्। -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?