सानिमा बैंकको १४ वटा विभिन्न मर्चेन्टहरुसँग छुटको व्यवस्था

लोकपथ
52
Shares

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट तथा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु तथा सेवाहरुको खरिदमा विशेष छुट पाउने भएको छन् ।

बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपती पोलिक्लिनिक प्रालि, द पनाछें विउटी स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर, टाइमलेस मोमेन्टस् होटल, आवरण स्किन क्लिनिक प्रालि, यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रालि, तुसाल मल्टि भेन्यू प्रालि, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रालि, भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटी जस्ता १४ वटा विभिन्न मचेन्टहरुसँग २० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ ।

यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको जानकारी पनि बैंकले दिएको छ ।

बैंकको देशका सातै वटा प्रदेशमा १ सय ३० वटा कार्यालयहरु तथा १ सय २३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?