१२ माघ २०७९, बिहीवार

हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह सम्पन्न

२०७९,मङ्सिर,१५,बिहीवार १५:५०

63
Shares

काठमाडौं । हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ । दीक्षान्त समारोहमा स्नातक (ग्रयाजुएट) तह पुरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरीएको थियो । त्यसमध्ये ३ सय ६१ जना विद्यार्थी बिएस्सी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेशनल विजनेस म्यानेजमेन्ट विषयका रहेका छन् ।

ती विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह-उपकुलपति ( प्राफेशर भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे ।विद्यार्थीको उज्ज्वल भविष्यको लागि महत्वपुर्ण यस कार्यक्रममा विद्यार्थीका अभिभावक , शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृति उपलब्ध गराएको छ । त्यसैगरी हेराल्ड कलेजमा अन्तराष्ट्रिय एमबिए अध्ययन गर्न समेत छात्रवृतिको व्यवस्था गरेको छ ।

दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ठ र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने बताए । उनले दीक्षित सबै विद्यार्थीको उज्ज्वल भविश्यको कामना पनि गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका प्रोफेशर भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा लिने सफल हेराल्ड कलेज काठमाडौंका सम्पुर्ण टिमलाई धन्यवाद दिए । ‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ, प्रोफेसर भाइस चान्सलर टिमले भने । दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उनले भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न हौसला दिए ।

विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने उनको भनाइ थियो । हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पुगेको उनको भनाइ छ ।

यस विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उत्तीर्ण विद्यार्थी मध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन्, यो कलेज यसैको उहाहरण हो उनको भनाइ थियो । हेराल्ड कलेज काठमाडौंले चारवर्षे ब्याचलर अफ इन्टरनेशल विजनेश म्यानेजमेन्ट , तीनवर्षे बिएससी (अनर्स) कम्प्युटर साइन्स र दुईवर्षे अन्तराष्ट्रिय एमबिए कक्षा संचालन गरिरहेको छ ।

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज मध्ये उत्कृष्ट मानिन्छ । उल्भरहेम्टन विश्वविद्यालयले विराटनगर इन्टरनेशनल कलेजलाई समेत सम्बन्धन दिएको छ ।

आइएनजीले सञ्चालन गरेको हेराल्ड कलेज काठमाडौंको बारेमा जानकारी दिँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको बताए ।

उनले वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्र्थीहरु सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । अध्यक्ष बुढाथाकीले नेपालमा वेलायती शिक्षाले गर्दा विद्यार्र्थीमा स्वअध्ययन बढेको धारणासमेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार १५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको

वीरजंग । मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई –२ स्थित पिपराटोलमा भएको

काठमाडौं । द ब्रिटिस कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पूर्व विद्यार्थीहरुको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम सम्पन्न गरेको छ

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप रू दश लाख दिने घोषणा गरेको छ

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६