लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार

लोकपथ
78
Shares

काठमाडाैं । हाल विश्व कप फुटबल चलिरहेको र यसका लागि कुनै पनि स्कुटर किन्ने ग्राहकले MI 32″ आकर्षक टीभी उपहारको रुपमा निशुल्क व्यवस्था गरिएको ईभी नेपाल मोटर्सले जनाएको छ ।

हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् ।

यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ । नेपाली व्यावसायिक घरानाको रुपमा ३० वर्ष देखि परिचित बज्र ग्रुपले विभिन्न विश्व प्रसिद्ध ब्रान्ड नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ ।

हाल बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थी देखि युवाका साथै महिला पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

यी स्कुटरमा विश्व प्रसिद्ध बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन् । स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध छ ।

नेपालभर रहेका विभिन्न शोरुमहरुबाट सो स्कुटर बिक्रीका लागि उपलब्ध भएको कम्पनीको AGM – NK sharad को भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?