१५ माघ २०७९, आईतवार

कर्णाली प्रदेश : बालबालिकाका क्षेत्रमा न्यून बजेट

२०७९,मङ्सिर,१५,बिहीवार १४:५७

36
Shares

कर्णाली प्रदेश । कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन गरेको पाइएको छ । सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियानद्वारा गरिएको अध्ययनमा सो क्षेत्रमा दुई प्रतिशत मात्रै बजेट विनियोजन हुने गरेको पाइएको हो ।

प्रदेश सरकारले अधिकांश बजेट भौतिक पूर्वाधारमा केन्द्रित गरेको देखिएको छ । अध्ययनमा तीन आर्थिक वर्षको बजेट समेटिएको थियो । अर्थिक वर्ष २०७५/७६ मा २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट मध्ये बालबालिको क्षेत्रमा २।३० प्रतिशत मात्रै बजेट विनियोजन गरिएको प्रतिवेदनले जनाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १.८९ प्रतिशत बजेट बालबालिकाको लागि छुट्याइएकामा गत आर्थिक वर्षको बजेटमा २।१४ प्रतिशत मात्रै बजेट विनियोजन भएको थियो । चालू आवको बजेटमा पनि बालबालिकाको क्षेत्रमा खासै महत्व नदिइएको अभियानका टेकराज आचार्य गुनासो गरे ।

प्रदेश र स्थानीय सरकारले बालबालिकाका क्षेत्रमा लगानी बढाउनुपर्ने माग सरोकारवालाले निकायले गर्दै आएका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार १४:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये गम्भीर दुई बालकको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं ।  मुलुकमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी मध्ये कसले राष्ट्रपति पाउने भन्ने टुंग्गो नहुँदा

तनहुँ । गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने

काठमाडौं । पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको

ताजा समाचार

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
 २०७९,माघ,१५,आईतवार ०७:५२
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५