नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब एक सय ५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता पेशालाई व्यवसायीक बनाउँदै उनीहरुको जिवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसायसमेत प्रर्वधन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए । साथै उनले बीमा ऐन २०७९ का आधारभुत बिषयबस्तुको बारेमा पनि संक्षिप्तरुपमा प्रकाश पारे ।

कम्पनीका बजार व्यस्थापन विभाग प्रमुख विबेक शर्माले सहभागी अभिकर्ताहरुलाई प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गरेका थिए ।

सुर्खेत शाखा प्रमुख बल बहादुर सिजपतीको सभपतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?