“गोल्डेन ओकको कमेडी यात्रा” आजबाट शुरु

लोकपथ
104
Shares

काठमाडौं । “गोल्डेन ओकको कमेडी यात्रा” आजबाट शुरु भएको छ । श्रावण महिनामा देशका विभिन्न सहरहरुमा गोल्डेन ओकले गरेका कार्यक्रममा सफलता र माया पाएको बताउँदै पुनः “गोल्डेन ओकको कमेडी यात्रा” शुरु गरिएको कम्पनीले जनाएको छ ।

नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने उद्देश्यले कमेडी यात्रा श्रावण महिनमा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक सम्पन्न गरेको थियो ।

उक्त कमेडी यात्रामा पाएको मायाले गर्दा कमेडी यात्रालाई गाइघाटमा यही मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते आयोजना गर्न लातिएको आयोजकको भनाइ छ ।

मंसिर १५ गते अर्थात (आज)देखि हुन लागेको कमेडी यात्रामा जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन दिने बताइएको छ ।

हाल हुन लागेको यस कमेडी यात्रालाई पनि दर्शकहरुले पहिले जस्तै माया गरेर सफल बनाउने छन् भन्नेमा आयोजकले विश्वास लिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?