१५ माघ २०७९, आईतवार

प्रदेश-१ ले लुम्बिनीलाई जितका लागि दियो ७० रनको लक्ष्य

२०७९,मङ्सिर,१५,बिहीवार १४:०३

72
Shares

प्रदेश १ । राजधानीमा जारी १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई जीतका लागि ७० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको छ ।

प्रदेश १ का लागि सुभान गहतराजले सर्वाधिक २२ रन बनाए । त्यस्तै स्टाइन रिजालले १९ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विपीन महतोले सात रन जोड्दा दिपेश कँडेल र भूपाल दङ्गालले समान पाँच/पाँच रन बनाए ।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी प्रदेशका निर्मल गुरुङ चार विकेट लिए । त्यसैगरी दुर्गेश गुप्ताले दुई विकेट र अभिशेष गौतम र तुलबाहदुर थापाले समान एक-एक विकेट लिए ।

प्रतियोगितामा फाइनलमा पुग्नका लागि दुवै टोलीलाई जित्नुपर्ने बाध्यता छ । उक्त प्रतियोगितामा विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् । लुम्बिनी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार १४:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जाका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त

कास्की । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू हरेक पलका लागि आभारी रहेको बताएका छन् । उनले हरेकअन्धकारपछि नै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि

ताजा समाचार

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५