समानुपातिक मतगणना : एमालेको मत २७ लाख ३१ हजार बढी, एसको कति ? (सूचीसहित)

लोकपथ
169
Shares
dtu0fgf ub}{ sd{rf/L n]vgfy, % dªl;/ M sf:sL lgjf{rg If]q g+= @ sf] k|ltlglw tyf k|b];;ef ;b:osf] dtu0fgf ub}{ sd{rf/L . kf]v/f ;efu[xdf ;f]daf/ laxfgaf6 dtu0fgf ;’? ul/Psf] xf] . tl:a/ M Clif/fd a/fn÷/f;;

काठमाडौं । जारी मतगणनामा हालसम्म नेकपा एमालेले समानुपातिकमा अग्रता कायम गरेको छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेले २७ लाख ३१ हजार ८ सय ५२ मत प्राप्त गरेको छ ।

त्यसैगरी समानुपातिक मतको आधारमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म २६ लाख ३ हजार ४ सय ६६ मत प्राप्त गरेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ५५ हजार ३ सय ९ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

त्यस्तै ११ लाख ८ हजार २ सय १७ मत प्राप्त गरेको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले हालसम्म ५ लाख ८१
हजार ४ सय ३५ मत प्राप्त गरेको छ ।

त्यस्तै जसपाले ४ लाख १६ हजार २ सय ३, जनमत पार्टीले ३ लाख ८६ हजार १ सय ७ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले २ लाख ९२ हजार ६ सय ६० मत ल्याएको छ । अब करिब ७ लाख मतगणना बाँकी रहँदा एसले थ्रेसहोल्ड कटाउने बाटोमा रहेको छ ।

हालसम्म राजनीतिक दलहरुले १ करोड २ लाख ५० हजार ५ सय ४६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?