बाजुरामा किन अझै शुरु भएन मतगणना ?

लोकपथ
130
Shares

बाजुरा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका बाजुरामा अझै मतगणना शुरु हुन सकेको छैन ।

मंसिर ४ मै मतदान सम्पन्न भए पनि विवादका कारण मतगणना रोकिएको थियो ।

निर्वाचन आयोगले बाजुरामा मतगणना गर्नका लागि बुधबार निर्देशन दिएको थियो । मतगणनाको प्रयास गरे पनि सर्वदलीय सहमति जुट्न नसकेपछि मतगणना शुरु हुन नसकेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार आज बिहान पनि सर्वदलीय बसेको तर सहमति हुन नसकेको कारण पुनः बैठक बस्ने तयारी भइरहेको छ ।

‘निर्वाचन आयोगको निर्देशन अनुसार हामीले मतगणना सुचारु गर्ने तयारी गरेका थियौँ । तर बिहान सर्वदलीय बैठकबाट पनि सहमति जुट्न सकेन ।’ उनले भने, ‘फेरि सर्वदलीय बैठक बोलाइएको छ ।’

मंसिर ४ को निर्वाचनमा विवाद भएपछि बाजुरामा रोकिएको थियो । मतगणनाको दिन सुरक्षाकर्मीले चलाएको गोली लागेर १ युवाको मृत्यु भएको थियो ।

बाजुरासहित रोकिएको स्याङ्जा-२ को मतगणना बुधबार रातिबाटै मतगणना शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?