अर्जेन्टिना नकआउट चरणमा

लोकपथ
156
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षीत बनाएको छ ।

९७४ स्टेडियमा बुधबार राति पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले राउण्ड अफ १६ मा आफ्नो स्थान पक्का बनाएको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपर उत्कृष्ट बचाए ।

तर, ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अजेंतिनालाई २-० गोलको जित दिलाए ।

यस जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोड्यो । पोल्याण्डले ३ खेलमा ४ अंक जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?