स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता

लोकपथ
364
Shares

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् छ । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पारेका हुन् ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले ३ हजार ९ सय १ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार अर्यालले ३ हजार २ सय ४७ मत प्राप्त गरेकी छन् । स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो ।

हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ । यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले ४ हजार ८३ मत प्राप्त गरेका छन् ।

एमालेका मोहन रेग्मीले ३ हजार तीन सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । दुवैबीचको मतान्तर ७ सय ५४ रहेको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?