१२ माघ २०७९, बिहीवार

संसद्‍मा महिला र दलितको कमजोर उपस्थिति

२०७९,मङ्सिर,१५,बिहीवार ०९:१३

54
Shares

काठमाडौं । प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट एक, नेकपा एमालेबाट चार, नेकपा (माओवादी केन्द्र) बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला निर्वाचित भएका छन् । एमालेबाट कास्की क्षेत्र नं २ बाट नेकपा एमालेकी केन्द्रीय सदस्य विद्या भट्टराई, धनुषा क्षेत्र नं ३ बाट एमाले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो, बारा क्षेत्र नं ३ बाट पार्टी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह र केन्द्रीय सदस्य भगवती चौधरी सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।

दाङ क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्मा निर्वाचित भएकी छिन् । तेह्रथुमबाट कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ निर्वाचित भएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की र सोविता गौतम निर्वाचित भएका छन् । कार्की ललितपुर क्षेत्र नं ३ र गौतम काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएकी हुन् । संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकजना मात्रै छन् । नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका छन् ।

विसं २०६४ सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा छ सय एक जनामध्ये ५१ जना (आठ दशमलव ४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो । तीमध्ये तत्कालीन नेकपा (माओवादी) बाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा दलितको प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (६ दशमलव ८२ प्रतिशत) मा झर्यो ।

जसमध्ये दुई जना नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित भएका थिए । संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना (६ प्रतिशत) दलितको प्रतिनिधित्व भयो । एमालेबाट दुई र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार ०९:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन्

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६