१३ माघ २०७९, शुक्रवार

फिफा विश्वकप : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

२०७९,मङ्सिर,१५,बिहीवार ०७:१९

99
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै, सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’ को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो ।

खेलको ५८ औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे । जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन ।

अष्ट्रेलिया नकआउट चरणमा

त्यसैगरी कतारको अल जुनब रङ्गशालामा गए राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हरायो । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१ औँ मिनेटमा निर्णायक गोल गरे । फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन् ।

गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो । यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार ०७:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन

काठमाडौं । सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड हात पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारीले अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र लेखेका छन् ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६