स्याङ्जा–२ मा एमालेकी पद्मा अर्यालको सुरुवाती अग्रता

लोकपथ
793
Shares

स्याङ्जा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–२ मा मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । मतदानको १० दिनपछि निर्वाचन आयोगको निर्देशनअनुसार बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो । नेकपा एमालेकी पद्मा अर्यालले सुरुवाती अग्रता लिएकी छन् ।

अर्यालले २ हजार ३०४ मत ल्याएर अग्रता लिएकी हुन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले १ हजार ७०३ मतसहित दोस्रो स्थानमा छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् । स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?