ट्युनिसियासँग पराजित फ्रान्स लगातार दोस्रो पटक समूह विजेता

लोकपथ
117
Shares

काठमाडौं । साविक विजेता फ्रान्स समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी को अन्तिम खेलमा ट्युनिसियासँग १–० ले पराजित भएपनि फ्रान्स समूह विजेता बन्दै अघि बढेको हो ।

नकआउट चरणमा स्थान बनाएको फ्रान्सले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको थियो । पहिलो हाफमा दुवै तर्फबाट कुनैपनि गोल नभएपनि दोस्रो हाफमा ट्युनिसियाले अग्रता लिएको हो । ट्युनिसिया कप्तान वाह्बी खाज्रीले कमजोर डिफेन्स र गोलरक्षकको फाइदा उठाउँदै टिमलाई अग्रता दिलाए ।

त्यसपछि फ्रान्सले लगातार खेलाडी परिवर्तन गर्दै स्टार खेलाडी उतारेपनि खेल बदल्न सकेन । फ्रान्स हारका बाबजुद समूह विजेता बन्दा ट्युनिसिया जितेर पनि समूहको तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?