अष्ट्रेलिया फिफा विश्वकपको नकआउट चरणमा प्रवेश

लोकपथ
39
Shares

काठमाडौं । अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । योसँगै अष्ट्रेलिया फुटबल विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली राष्ट्र बनेको हो । समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १–० ले पराजित गर्दै अष्ट्रेलिया समूह उपविजेताको हैसियतले अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा डेनमार्कले तुलनात्माक रुपमा बढी अवसर पाएको थियो । काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेको अष्ट्रेलियाले दोस्रो हाफमा भने रणनीति परिवर्तन गर्यो ।

मिडफिल्डमा खेलाडी थप्दै विंगमा खेलिरहेका म्याथ्यु लेकीलाई काउन्टर अट्याकमा राख्ने ग्राहम आर्नोल्डको रणनीतिले गोल सम्भव भयो । लेकीले आफ्नो गति र संयमताको प्रयोग गर्दै काउन्टर अट्याकमा अष्ट्रेलियालाई अग्रता दिलाए । त्यसपछि अनुशासित डिफेन्स गर्दै अष्ट्रेलिया जितसम्म पुग्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?