राष्ट्र बैंकले भन्यो : शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउनुहोस्

लोकपथ
39
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंक अन्र्तगतको भुक्तानी प्रणालीले बुधवार सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो ।

अनुमतीपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिती नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखा रहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ ।

बैंकिङ पहुँच अभिबृद्धि गर्ने अभिप्रायले गरिएको यो व्यवस्था बमोजिम सेवा उपभोग गर्दा बिशेष ध्यान दिनुहोस, राष्ट्र बैैंकले भनेको छ । यसको लागि राष्ट्र बैंकले पाँच वटा सुझाव दिएको छ ।

यस अन्र्तगत ग्राहकहरुले बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्ने, सेवाग्राहीले कुनै पनि कारोबार गर्दा बिद्युतीय उपकरण मार्फत गर्नुपर्ने, कुनै पनि कारोबार गरिसकेपछि बिद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्यरुपमा लिई आफूले गरेको कारोबार बमोजिम भएनभएको एकीन गर्नुका साथै विद्युतीय उपकरणबाट सुनिने आवाज ध्वनी मार्फत आफुले गरेको कारोबारको यकीन गर्न सकिने, शाखा रहित बैंकिङ मार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफुले कारोबार गरेबमोजिमको भए नभएको बेला बेलामा खाता मार्फत समेत एकीन गर्न, व्यक्तिगत सम्वन्धका आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्वन्धीत खातामा जम्मा भए नभएको तुरुन्त एकीन गर्न र सेवा सञ्चालनको सम्वन्धमा केही गुनासा तथा सुझाव भएमा जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?