सुनसरी ४ मा सञ्चारमन्त्री कार्की झिनो अग्रता कायमै

लोकपथ
455
Shares

काठमाडौं । विवाद पछि रोकिएको सुनसरी ४ को मतगणना हिजो दिउँसोदेखि जारी छ । मतगणनामा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको झिनो अग्रता कायमै छ । समाचार तयार पार्दासम्म कांग्रेस नेतासमेत रहेका कार्कीले २८ हजार १ सय ६६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेद्वार जगदिशप्रसाद कुसियैतले २८ हजार ७१ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ९५ को रहेको छ ।

तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेद्वार विद्यानन्द यादवले भने ३ हजार २६ मत ल्याएका छन् । गणना हुन बाँकी रहेको कोशी गाउँपालिकाको वडा नम्बर ६ र बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाको गरेर ५ हजार ८ सय १८ मत रहेको छ । कोशी गाउँपालिका ६ एमाले उम्मेदवार कुसियैतको घर भएको क्षेत्र हो ।

कोशी गाउँपालिकाको उक्त वडा गत स्थानीय तह निर्वाचनमा जनता समाजवादीले जितेको वडा हो । जसपाको समर्थनमा एमाले उम्मेदवार कुसियैतलाई रहेको छ । यस्तै, बराहक्षेत्र १० नम्बर वडामा गत स्थानीय तहको निर्वाचनमा अत्याधिक मत ल्याएर नेपाली कांग्रेसले जितेको छ । उक्त वडा कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?