राष्ट्र बैंकले माग्यो एक अर्ब ५३ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव

लोकपथ
52
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा एक अर्ब ५३ करोड १५ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव माग गरेको छ । बुधवार राष्ट्र बैंकले सूचना जारी गर्दै आफ्नो विभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ पुस एक गतेदेखि २०८० मंसिर ३० गतेसम्म लगानी गर्नको लागि प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याएको कुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि एक अर्ब २२ करोड ५३ लाख, विकास बैंकहरुको लागि २२ करोड ९७ लाख र फाईनान्स कम्पनीहरुको लागि सात करोड ६५ लाख रुपैयाँ रहेको छ ।

रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १२ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याजसमेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?