नुवाकोटको पारच्याङमा गाडी पुग्यो

नुवाकोट, ३ कात्तिक – नौकुण्ड गाउँपालिकाको केन्द्र, सरमथलीको पारच्याङसम्म यातायात सेवा सञ्चालनमा आएको छ ।रसुवाको उत्तरगया गाउँपालिकाको बोगटीटारदेखि भोर्ले हँुदै नौकुण्ड गाउँपालिकाको केन्द्र सरमथलीको पारच्याङसम्म सडक विस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् । गाउँमा पहिलो पटक विहिबार पुगेको गाडी (जिप) देखेर स्थानीय वृद्धवृद्धा दंग परेका थिए ।सांसद् विकास कोषको रु २० लाख र नौकुण्ड गाउँपालिकाको रु २० लाख गरी रु ४० लाखको लगानीमा सडक विस्तार गरी पारच्याङसम्म गाडी सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमा उब्जनी भएका कृषि सामग्रीलाई बजार पु¥याउन, बजारबाट खाद्य सामग्री गाउँ भित्र्याउन र आवास निर्माणका लागि निर्माणजन्य सामग्रीको ढुवानी गर्न सहजता भएको नौकुण्ड गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष मेम्मरसिंह तामाङले बताए ।गाडी सञ्चालनले नौकुण्ड गाउँपालिकाको यार्सा, सरमथली र भोर्लेका बासिन्दालाई गाउँबाट शहर जोड्न सहयोग पु¥याएको छ । कच्ची सडक भएकाले यात्रुलाई सेवा पु¥याउन जिप र सामग्री ढुवानी गर्न मिनीट्रक सञ्चालनमा ल्याइएको छ ।सडक सञ्चालनमा आएसँगै सो क्षेत्रको विकास र आर्थिक समृद्धिमा सहयोग पुग्ने भन्दै व्यवस्थित सडक बनाउन स्थानीय तहको कार्यालयले बजेट छुट्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?