काठमाडौं । स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना शुरु गर्न निर्वाचन आयोगले निर्णय गरेको छ ।
बुधबार दिउँसो बसेको आयोगको बैठकले सो निर्णय गरेको हो ।
आयोगको उच्च स्रोतका अनुसार राजनीतिक दलबीच विवाद उत्पन्न भएसँगै शुरु हुन नसकेको मतगणनालाई यथाशिघ्र सुचारु गर्न सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय समेत भएको छ ।
स्याङ्जा–२ मा गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले बुथ क्याप्चर गरेको भन्दै नेकपा एमाालेले विरोध जनाएपछि मतगणना शुरु हुन सकेको थिएन । यहाँबाट कांग्रेसका उपसभापति धनराज गुरुङ, एमाले नेतृ पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङसहित १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।
बाजुरामा पनि निर्वाचनको दिन विवाद भएपछि मतदान स्थगित भएको थियो । र मतदानको दिन प्रहरीको गोली लागि १ जनाको मृत्यु भएसँगै विवाद थप चर्किएको थियो । जहाँ रोकिएको केन्द्रमा पुनः मतदान हुँदा पनि मतगणना हुन सकेको थिएन ।
त्यहाँ नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र एमालेका कर्णबहादुर थापा मुख्य प्रतिष्पर्धी छन् ।
दुवै क्षेत्रमा पुनः मतदानको माग गरिए पनि आयोगले पुनः मतदान गर्नु नपर्ने भन्दै मतगणना सुचारु गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया