१२ माघ २०७९, बिहीवार

नेशनल लाईफ २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

२०७९,मङ्सिर,१४,बुधबार १४:०८

9
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पुर्‍याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप आयोजना गरिएको यी कार्यक्रमहरुमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो ।

कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानियलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले धन्यवाद दिएका थिए ।

यसै गरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरुलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराएकोे थियो ।

जस अन्तर्गत कम्पनीका मार्केटिङ्ग विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पार्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखीत आधारभुत विषयहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

साथै, उक्त कार्यक्रममा करिब १ सयजना शिक्षकहरुको १ लाखको म्यादी जीवन बीमा गरि प्रमुख कार्यकारी अधिकृतले बीमालेख हस्तान्तरण गरेका थिए । यसै गरी भैरव माविमा सम्पन्न गरिएको कार्यक्रममा मृगौला पिडित उजाला कुमारी दमाईलाई (सीआरएस) अन्तर्गत आर्थिक सहयोग स्वरुप २५ हजार पनि प्रदान गरिएको बैंकले जनाएको छ ।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सञ्चालन गरेका दुबै कार्यक्रम प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा दुबै विद्यालयका करिब ४ सय ५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो भने सहभागि विद्यार्थीहरुलाई कम्पनीको टि(शर्ट पनि वितरण गरिएको थियो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१४,बुधबार १४:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८

रुपन्देही । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ

काठमाडौं । शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गरेको

धरान । धरान उपमहानगरपालिकाले वडा नं.५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६