काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले आवद्ध दल एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनाउन गठबन्धनले सघाउनुपर्ने सुझाव दिएका छन् ।
नेता शर्माले सामाजिक सञ्जालमा लेख्दै बाँकी रहेका गणनामा आफैँ ३ प्रतिशत पुगेर राष्ट्रिय दल बन्न नसकेमा मतदानको बाँकी स्थानमा एसलाई समानुपातिकमा मतदान गरेर जिताउनुपर्ने सुझाव दिएका हुन् ।
‘गठवन्धनीय दलहरुलाई मेरो एउटा सानो प्रस्ताव : पहिलो कुरा अबको बाँंकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौ ! थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिक तर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौ !’ उनले भनेका छन् ।
हालसम्म सुनसरी–४ बाहेकका स्थान बाहेकको मतगणना जारी रहेको छ । त्यसैगरी स्याङ्जा–२, दोलखा र बाजुराको मतगणना हुन सकेको छैन । दोलखाका १० मतदान केन्द्रमा भोलि मतदान हुँदैछ । त्यसैगरी बाजुरा र स्याङ्जा–२ मा भने मतगणनाको तयारी भइरहेको छ ।
जारी मतगणनामा हालसम्म १ करोड मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ८२ हजार ६ सय ६ मत प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया