धन्यवाद ज्ञापन गर्न खेतमा पुगेका विश्वप्रकाशले काटे धान (भिडियोसहित)

लोकपथ
56
Shares

झापा । नेपाली कांग्रेसका महामन्त्री एंव झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद विश्वप्रकाश शर्मा मतदाता धन्यवाद कार्यक्रममा व्यस्त रहेका छन् ।

अन्तिम परिणाम घोषणपछि मतदाता धन्यवादमा निस्किएका शर्माको धन्यवाद अभियान अब केही वडामा मात्र बाँकी छ ।

मतदातालाई धन्यवाद ज्ञापन गर्न खेतमा पुगेका शर्माले त्यहाँको प्रतिनिधि भएको नाताले आफूले त्यहाँको जनताले गरेको काम गर्न सक्ने सन्देश दिएका छन् ।

खेतमा किसानले इमान्दारितापूर्वक काम गरेजस्तै आफूले पनि देश निर्माणको काममा इमान्दार भएर लाग्ने बताए ।

https://www.facebook.com/bishwaprakashS/videos/873279253826803

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?