निर्वाचित भएपश्चात जनताको समस्या बुझ्न गाउँगाउँमा पुग्दै जोशी

लोकपथ
182
Shares

बझाङ। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित एकीकृत समाजवादीका नेता भानुभक्त जोशी यतिखेर जितको विजयी उत्सव र खुसियाली साटासाटमा व्यस्त छन् ।

संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट एकल उम्मेदवारी बनेका जोशी नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई पराजित गर्दै बझाङ जिल्लाबाट २६ हजार भन्दाबढी मत ल्याएर निर्वाचित भएका हुन् ।

May be an image of 11 people, people sitting, people standing and outdoors

निर्वाचित भएपछि उनी जोशी जिल्लाका गाउँगाउँमा जितको खुसियाली साटासाटसहित भएका समस्याहरूको बारे जनताहरूसँग गुनासो सुन्दै र अवलोकन गर्दैछन् ।

एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य समेत रहेका जोशी विगतमा संविधान सभा सदस्य पदमा पनि निर्वाचित भई एक पटक मन्त्री सम्म भएर काम पनि गरिसकेका छन् ।

May be an image of 9 people, people sitting, people standing and outdoors

उनले निर्वाचित भए पश्चात् जनताको घरदैलोमा गएर धन्यवाद दिँदै त्यस क्षेत्रमा रहेका विभिन्न खानेपानी, सडक संजाल, बिजुली , गरिबी, रोजगारीको अभाव जस्ता समस्यहरूलाई निराकरण गर्नका लागि निरन्तर काम गर्ने जनता सामु प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?