निर्वाचन क्षेत्रको समस्या पहिचान गर्न ‘गुनासो एप’ सञ्चालनमा ल्याउने पौडेलको घोषणा

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले ‘गुनासो एप’ लाई थप सुविधा थपेर सञ्चालनमा ल्याउने बताएका छन् ।

काठमाडौं क्षेत्र नं ५ मा आफैसँग प्रतिष्पर्धा गरेका स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको एपलाई थप सुविधा थपेर सञ्चालनमा ल्याउने बताएका हुन् ।

निर्वाचनमा आफूसँग प्रतिष्पर्धा गरेका सबै उम्मेदवारहरुको एजेण्डालाई साझा बनाउने उदेश्यसहित आफूले सो एप सञ्चालनका लागि सहकार्य गरेको बताए ।

साझा प्रयासले मात्रै सबै एजेण्डाहरु कार्यान्वयन गर्न सम्भव रहेको बताउँदै पौडेलले भने, ‘साझा प्रयासले मात्रै हाम्रा सबै एजेन्डाहरू कार्यान्वयन गर्न सम्भव हुन्छ । तसर्थ, यस क्षेत्र र समग्र राष्ट्रको विकासका लागि सहयात्राको सुरुवात गर्न यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उमेदवारसँग छलफल कार्यक्रम सुरु गरेको छु । निर्वाचनको दौरानमा उहाँहरूले प्रस्तुत गर्नुभएका प्रतिवद्धता, एजेण्डालाई हामी सबैको साझा मुद्दा बनाएर सँग सँगै अगाडि बढ्ने हाम्रो उद्देश्य हो ।’

निर्वाचनको दौरानमा आफूले सञ्चालनमा ल्याएको डिजिटल कनेक्टिभीटि एप र श्रेष्ठले सञ्चालनमा ल्याएको गुनासो एपको कन्सेप्ट मिल्दोजुल्दो रहेको समेत बताएका छन् ।

सो क्षेत्रमा पौडेलसहित २१ जनाको उम्मेदवारी परेको थियो । आफू निर्वाचित भए पनि अन्य उम्मेदवारको समेत एजेण्डा आफ्ना एजेण्डा बनाएर काम गर्ने प्रतिबद्धता पौडेलले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?