सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

लोकपथ
702
Shares

सुनसरी । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय ८३ मतको अग्रता कायम राखेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २७ हजार ७ सय २० ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २७ हजार तीन सय ३७ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?