अमेरिकी ‘द भ्वाइस’ को शीर्ष ८ मा पुगिन् पारिजिता बाँस्तोला

लोकपथ
26
Shares

अमेरिकी ‘द भ्वाइस’ की प्रतियोगी नेपाली मुलकी परिजिता बाँस्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी अगाडि बढ्दै शीर्ष ८ मा पुग्न सफल भएकी हुन् । मंगलबार उनको नाम शीर्ष आठमा पुगेको घोषणा भएको हो ।

घोषणाअनुसार २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् ।

१७ वर्षीय पारिजिता अमेरिकी भ्वाइसमा पुगेपछि नेपालमा उनको चर्चा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?