गगनलाई प्रधानमन्त्री बनाउन विश्वप्रकाश शर्माले थाले अभियान

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् ।

आज गगन निवास रातोपुल पुगेका शर्मा र गगनबीच शुभकामना आदान प्रदान भएको थियो । शुभकामना आदान प्रदानपछि बोल्दै महामन्त्री शर्माले आफूले शिर्ष नेताहरुलाई समेत गगनलाइ समर्थन गर्ने गरि अभियान चलाउने बताए ।

साथै उनले सञ्चारकर्मीहरुसङ्ग कुरा गर्दै आफूले पार्टी सभापती शेरबहादुर देउवालाई नै प्रस्तावक बनाउनेगरी अभ्यास थाल्ने विश्वास व्यक्त गरे। शर्माले आफूले गगनलाई मात्र नभइ एउटा पुस्तान्तरणको लागि प्रधानमन्त्रीको प्रस्तावक बन्ने बताए ।

उनले ,शिर्ष नेताहरुबीच एक-अर्कामा कुरा नमिल्ने भएका कारण युवाहरुलाइ देशको नेतृत्व गर्ने जिम्मा दिएर आराम गर्न समेत सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?