जाम्बियाले कहिल्यै बिर्सन नसक्ने १९९४ को २७ अप्रिल

लोकपथ
567
Shares

प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप सबैको प्रतिक्षाको घडी बन्ने गर्छ । आफ्नो राष्ट्रले उपाधि चुमेको हर्न फ्यानहरु निकै उत्साहित हुन्छन् । तर जाम्बियन फुटबल टोलीलाई भने विश्वकप भन्ना साथ नमिठो विगतले झस्काउँछ ।

सन् १९९४ को विश्वकपको छनोट चरणमा भाग लिन सेनेगल जानुअघि नै विमान दुर्घटनामा परेर पूरै जाम्बियन फुटबल टोलीको मृत्यु भएको थियो ।

२७ अप्रिल १९९३ मा जाम्बियन वायु सेनाको विमान, १८ खेलाडी र कोचिङ स्टाफको साथ सेनेगल उडेको थियो । तर विमानमा आएको समस्याले विमान दुर्घटनामा परेको पर्‍याे । दुर्घटनामा सबै खेलाडी र पाइलटसहित ३१ जनाको मृत्यु भयो ।

The day a team died: A tragedy for Zambian football | The Independent | The Independent

जाम्बियाको टोली त्यतिबेला फुटबलमा निकै उदीयमान मानिन्थ्यो । १९८८ ओलम्पिकमा जाम्बियाले इटालीलाई ४–० ले गोल अन्तरले हराएको थियो ।

सेनेगल पुग्नुअघि विमानले तीन ठाउँमा इन्धन भर्नुपरेको थियो । ब्राजाभिलमा पहिलो स्थानमा इन्धन भर्दा, विमानमा केही गडबडी भयो । यति हुँदाहुँदै पनि खेलाडीसहित विमान उडेको थियो । लिब्रेभिल पुग्नुअघि विमानको बायाँ इन्जिनमा आगो लाग्यो ।

Gabon air disaster relived – Zambia Daily Mail

जाम्बियाको राजधानी लुसाकामा खेलाडीहरुको सम्झनामा हिरोज एकर नामक स्मारक निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?